Madhes Khabar
प्रविधि

ट्वीटरमा अब फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

काठमाडौं,१९ साउन : आज (शुक्रबार)देखि ट्वीटर(एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ ।ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् ।

कसरी गर्ने लाइभ ?

लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ । त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन् ।

यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ ।

उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’ यसघि एलन मस्कले ट्वीटरको लोगो चरालाई हटाएर एक्स राखेका थिए । साभार : अनलाइनखबर

 

Related posts

नेपालमा फाइभजी सेवाको आन्तरिक परीक्षण आजदेखि शुरु

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

टिकटकले अमेरिकी सरकारविरुद्ध अदालतमा दायर गर्‍याे मुद्दा

MadhesKhabar

Leave a Comment