Madhes Khabar
राजनीति

भाजपाको निम्तो मान्न माओवादीका ५ नेता भारत प्रस्थान

काठमाडौं,७ साउन : सत्तारुढ नेकपा माओवादी केन्द्रका पाँच जना नेता एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत गएका हुन् ।

उनीहरु भाजपाको निमन्त्रणमा त्यता लागेका हुन् । उनीहरु भारतमा रहँदा ‘भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै अन्य राजनीति भेटघाटमापनि सहभागी हुने भुसालले यसअघि नै बताएकी थिइन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२औं स्थापना दिवसको अवसर पारेर अन्य दलका दलहरुसँग भाजपालाई चिन्नुस् नामक अन्तरकृया कार्यक्रम गर्दै आएका छन् ।साभार : अनलाइनखबरबाट

Related posts

सिरहा क्याम्पसमा विद्यार्थी जनमत संघको प्यानलै विजयी

MadhesKhabar

पर्सा-३ मा कांग्रेस उम्मेदवार सुरेन्द्र चाैधरी जनसम्पर्क अभियानमा व्यस्त

MadhesKhabar

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

MadhesKhabar

Leave a Comment