Madhes Khabar
साहित्य

भानु जयन्तीका दिन वीरगन्जमा आदिकवि आचार्यकाे नयाँ शालिक अनावरण

वीरगन्ज,२९असार: वीरगन्जमा शुक्रबार नेपालका आदिकवी भानुभक्त आचार्यको शालीक अनावरण गरिएकाे छ ।

भानु जयन्तीकै दिन वीरगन्जको नयाँ बसपार्क स्थित भानुचाेकमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको नयाँ शालिक अनावरण गरिएको हाे । लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले आदिकवि आचार्यकाे अनावरण गरेका हुन् ।

यसअघि बसपार्ककाे भानु चाेकमा स्थापना गरिएको आदिकवि आचार्यकाे शालिक मधेस आन्दोलनका क्रममा भत्काइएकाे थियाे ।त्यहि ठाँउमा अहिले वीरगन्ज महानगरपालिकाले निर्माण गरिदिएकाे नयाँ शालिक शुक्रबार भानु जयन्तिकै अवसर पारेर अनावरण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, साहित्यकार डाक्टर विश्वम्भर शर्मा, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गाैतम , मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतकाेपनि उपस्थिति थियाे ।

भानु जयन्तिकै अवसरमा शुक्रबार वीरगन्जमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको थियाे ।

बसपार्कमा भानुको मूर्ति अनावरण र माल्र्यापण गरेपछि प्रभातफेरी सहित होटल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको हाे ।

Related posts

कानु समाज पर्साको जिल्ला अधिवेशन जेठ १५ गते पोखरियामा

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

साहित्यिक चौतारीको वार्षिकोत्सव: वीरगन्जमा रचना वाचन तथा शुभकामना आदानप्रदान

MadhesKhabar

Leave a Comment