काठमाडौँ,१८असार : नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मुल्य प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको हाे ।
सोमबार बेलुकी बसेको आयल निगम सञ्चालक समितिको बैठकले इन्धनकाे मुल्य घटाउने निर्णय गरेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
अब पेट्रोलको मुल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।
आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य भने हाललाई यथावत् राखेको छ ।
त्यस्तै हवाई इन्धनको मुल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य तर्फकाे इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

