Madhes Khabar
शिक्षा

छपकैयाको विद्यालयमा बालबालिकाहरुलाई उपमेयर आलमले बाँडे स्कुल ब्याग

वीरगन्ज, ११ असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित तराचन्द्र किशनलाल आधारभुत विद्यालयका विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

वडा नम्बर २ को वडा कार्यालयले विद्यालयमा अध्ययनरत ३ सय ६ जना विधार्थीहरुलाई ब्याग वितरण गरेको हो । सोमबार विद्यालयमै आयोजित कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विधार्थीहरुलाई ब्याग हस्तान्तरण गरे । त्यसअवसरमा उपमेयर आलमले विपन्न तथा जेहेन्दार विद्यार्थीहलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यले स्कुल ब्याग वितरण गरिएको बताए ।

वडा नम्बर २ का वडाअध्यक्ष महम्मद रेयाज मियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु वसिर मियाँ, संगीता थापा,रम्भा देवी,वडा कार्यालयका सचिव आशिक शेख,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव, उपमेयरका स्वकिय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता,प्रधानाध्यापक,शिक्षकहरुको पनि उपस्थिती रहेको थियो।

Related posts

तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले ठाकुरराम क्याम्पसमा गरे तालाबन्दी

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment