Madhes Khabar
अर्थतन्‍त्र

व्यपारीले प्याजकाे मूल्य बढी लिए कारबाही हुने

वीरगन्ज ,३असार : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यापारीले प्याजको मूल्य बढी लिए कारबाही हुने बताएको छ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले प्याजको मूल्य बढाए कारबाही हुने बताएको हो।

‘आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।

बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको समेत विभागले जनाएको छ।

विभागकाअनुसार बजारमा प्याजको अस्वाभाविक उतार-चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको छ।

Related posts

भारतीय बन्दरगाहबाट नेपालका सामान ढुवानी गर्न नेपालकै रेल्वे र्‍याक सञ्चालन गर्न निजी क्षेत्रको सुझाव

MadhesKhabar

चाडपर्वले वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्व संकलनमा सुधार

MadhesKhabar

सुनको मूल्य फेरि बढ्यो,तोलाको दुई लाख नजिक

MadhesKhabar

Leave a Comment