Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य फेरि बढ्यो,तोलाको दुई लाख नजिक

फाइल तस्बिर ।

काठमाडौं,७साउनः नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ।

हिजो (मंगलबार) छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सातादेखि सुन–चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो।

Related posts

वीरगन्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात हृवात्तै बढ्यो

MadhesKhabar

वीरगन्जमा जेठ २६ र २७ गते फेरि रात्रि बजार

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

MadhesKhabar

Leave a Comment