Madhes Khabar
अर्थतन्‍त्र

जिराको भाउ दोब्बरले बढ्याे, किलाेकै १२५० रुपैयाँ

काठमाडौं,२३भदाैं: चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० रुपैयाँ थियो ।

अहिले होलसेलमा जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । भदौ महिनाका लागि नेपाल खुद्रा व्यापार संघले जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।

किन बढ्यो मूल्य ?

भारतमा जिराको उत्पादनमा ह्रास आएपछि जिराको मूल्य बढेको व्यापारीहरुको दाबी छ । जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैं जिरा आयात गरिरहेको होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्ता श्रेष्ठका अनुसार भारतमा मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको समस्या हो ।

मूल्य उच्च हुनु र भन्सार मूल्यांकन कम भएका कारण भारतबाट औपचारिक रुपमा जिराको आयात नै गर्न नसकिएको गुनासो संघका आएको उनले बताए ।

‘स्टक सकियो, नयाँ जिरा महँगीका कारण ल्याउन सकिएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले महँगीको कारण यही हो ।’ बजारमा मागअनुसारको वस्तु नभएपछि मूल्य बढ्नु स्वाभाविक नियम भएको उनको भनाइ छ ।

तर, अर्का एक व्यवसायीका अनुसार बजारमा अहिले भन्सार छलेर भित्रिएको जिरा ठूलो मात्रामा छ । भन्सार मूल्यांकन कम भएका कारण औपचारिक च्यानलबाट जिरा ल्याउँदा महँगो हुने भन्दै ती व्यापारी भन्छन्, ‘पोकामा आएको जिराले अहिले बजार धानिरहेको छ । मूल्य मनपरी छ ।’साभार:अनलाइनखबरबाट

Related posts

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

MadhesKhabar

६ वटा महानगर मध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरको

MadhesKhabar

नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग

MadhesKhabar

Leave a Comment