
वीरगन्ज,१६जेष्ठः सुनको भाउ आज बुधबारपनि ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुनको भाउ तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

