Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख ४२ हजार २०० रुपैयाँ

फाइल तस्बिर ।

काठमाडौं,१८जेष्ठःनेपाली बजारमा आज शुक्रबार फेरि सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यले आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार छापवाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोेलामा एक हजार ७०० रुपैयाँले बढेर एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन हिजो बिहिबार एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले ओरालो लागेको छ । बिहिबार प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आजका लागि एक हजार ८७५ रुपैयाँ निर्धारण भएको छ ।

Related posts

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा मजदुरहरु समस्यामा

MadhesKhabar

सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुग्यो

MadhesKhabar

सुनको मूल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार ?

MadhesKhabar

Leave a Comment