Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार ?

सांकेतिक तस्बिर।

वीरगन्ज,८मंसिरः नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको तीन हजार ११५ रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। यस हिसाबले आज सुनको मूल्यमा प्रतितोला १९ सय रुपैयाँको गिरावट आएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। यसअघि तीन हजार १३५ रुपैयाँ प्रति तोला रहेको चाँदी आज २० रुपैयाँ सस्तो भएर तीन हजार ११५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

 

Related posts

३५ सय गाडी रोकिए भन्सारमा

MadhesKhabar

वीरगन्ज बजारमा अनुगमन टोली पुग्दा पसल बन्द गरेर व्यपारीहरु टाप

MadhesKhabar

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

MadhesKhabar

Leave a Comment