Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, तोलाको कति ?

काठमाडौं,१८ चैतः नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो (मंगलबार) सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

Related posts

उधोगीको ९ बुँदे सुझाव सहित मधेस प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

MadhesKhabar

वीरगन्जको सिर्सिया ड्राइपोर्ट भन्सारको राजस्व संकलन २० करोडले घट्यो

MadhesKhabar

चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र

MadhesKhabar

Leave a Comment