Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको सिर्सिया ड्राइपोर्ट भन्सारको राजस्व संकलन २० करोडले घट्यो

फाइल फोटो

वीरगन्ज,२मंसिरःवीरगन्जको सिर्सिया सुक्खाबन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ड्राइपोर्ट भन्सार कार्यालयले गत साउनदेखि गत कार्तिकसम्म चार महिना अवधिमा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जबकि गत आर्थिक वर्ष २०७९/८० को त्यहि अवधीमा भने ड्राइपोर्ट भन्सार कार्यालयले १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा २० करोड ४ लाख ५६ हजार रुपैयाँले कम राजस्व संकलन भएको ड्राइपोर्ट भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।

विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको उनले बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको बताए ।

उनका अनुसार,ड्राइपोर्ट भन्सार कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

 

Related posts

भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

MadhesKhabar

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाले घट्यो

MadhesKhabar

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँ पुग्यो

MadhesKhabar

Leave a Comment