Madhes Khabar
अर्थतन्‍त्र

बारामा २६ लाख मुल्यकाे अलैंची बरामद

सांकेतिक तस्बिर

बारा,११असाेज: बारामा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई पथलैया चाेकमा प्रहरीले रोकेर चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिइएकाे अलैंची बारे अनुसन्धानका भइरहेकाे प्रहरीले जनाएको छ।

Related posts

अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ

MadhesKhabar

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

MadhesKhabar

Leave a Comment