Madhes Khabar
अर्थतन्‍त्र

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम तिब्र

फाइल तस्बिर ।

काठमाडौं,११असारःनेपाल आयल निगमले आउँदो भदौ मसान्तभित्रै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थ पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल र मट्टीतेल पाइप लाइनबाटै ल्याउने निगमको तयारी छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरण अन्तर्गतका मुख्य ट्यांक निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाट ल्याइने बताए। परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुई वटै ट्याङ्क निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए ।

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको छ । पेट्रोल पाइप लाइनबाट ल्याउँदा ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने उनको भनाइ छ । निगमले अहिले पेट्रोल तथा मट्टीतेल भारतको बरौनीबाट ट्यां.करबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिने गरेको छ ।साभारः उज्यालो

Related posts

‘सिक्दै कमाउदै कार्यक्रम’ उदेश्यले वीरगन्जमा दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सुरु

MadhesKhabar

वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात २ सय प्रतिशतले बढ्यो

MadhesKhabar

वीरगन्जको ड्राइपोर्टमा कुहिएका दाल लगायतका सामान व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

MadhesKhabar

Leave a Comment