Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

चाडपर्वले वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्व संकलनमा सुधार

वीरगन्ज,०२कार्तिकःचालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह(ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुदैं आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिना (भदौं र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो ।

गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौंमा लक्ष्यको ८८.५० प्रतिशत र गत साउन महिनामा ७९.२८ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो ।

भन्सार विभागले गत असोज महिनाका लागि ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएकोमा ड्राइपोर्ट भसारले लक्ष्यको ९०.३१ प्रतिशत अर्थात ४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
यस्तै गत भदौंमा ५ अर्ब २४ करोड ४४८ लाखको लक्ष्य पाएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८८.५० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । त्योभन्दा अघिल्लो महिना साउनमा भने ड्राइपोर्ट भन्सारले ४ अर्ब ७३ करोड ३१ लखको लक्ष्य पाएकोमा लक्ष्यको ७९.२८ प्रतिशतमात्रै अर्थात ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

ड्राइपोर्ट भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को असोजमा लक्ष्यको ७४ प्रतिशत,भदौंमा ८५ प्रतिशत र साउनमा ९६ प्रतिशत राजश्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन,भदौं र असोज) मा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८६ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिना देखि राजश्व संकलनमा लगातार सुधार आएको बरुवालले बताए । साउनको भन्दा भदौंमा र भदौंको भन्द्या असोज महिनामा राजश्व संकलनको प्रतिशत क्रमिक रुपमा बढ्दै गएकाो उनले बताए ।

दसैँ, तिहार र छठ पर्व जस्ता मुख्य चाडपर्बहरुका लागि सामान आयातको परिमाणमा बढोत्तरी आएका कारण त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको उनले बताए ।दसैं सकिएपनि अझै तिहार, छठ जस्ता पर्व बाँकीनै रहेकाले कात्तिक महिनामापनि राजश्व संकलन अझ बढ्ने सम्भावना रहेको उनले बताए ।

 

Related posts

उपमेयर उम्मेदवार विणा भन्छिन् –राप्रपाको आगमनले विपक्षीको सात्तो उडेको छ

MadhesKhabar

वीरगन्जको एक सरकारी विद्यालय : जहाँ १० शिक्षकले पढाउँछन् ४० विद्यार्थी

MadhesKhabar

गर्मीका कारण विद्यालयहरु १० दिनका लागि बन्द गर्ने पटेर्वासुगाैली गाँउपालिकाकाे निर्णय

MadhesKhabar

Leave a Comment