Madhes Khabar
स्वास्थ्य हेडलाइन

नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०१ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ८३ जनाको नमुना परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यही अवधिमा ३ सय २८ जना कोरोना संक्रमित निको पनि भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ५ हजार ४ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

सिर्सिया नदीको बाढीले वीरगन्जका आधा दर्जन वडाहरु डुबानमा, ५ सय बढी मानिसको उद्धार

MadhesKhabar

निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज बनाउन निर्वाचन आयोगद्वारा ६ बुँदे निर्देशन

MadhesKhabar

ठोरीमा पनि सुरु भयो ‘जंगल सफारी’

MadhesKhabar

Leave a Comment