
वीरगन्ज,२५बैशाखः मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थल पर्साको ठोरीमा जंगल सफारी सुर गरिएको छ । ठोरी गाँउपालिका वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टले जंगल सफारी सेवा सुरु गरेको हो ।सोमबार ठोरी गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा विषेष सहभागिता र निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा रहेको टोलीले पहिलो पटक सफल जंगल सफारी गरेको हो । परीक्षणका रुपमा सोमबार गरिएको जंगल सफारी सफलपनि भएको बताइएको छ ।
सोमबार ठोरी जंगल रिसोर्टबाट सुरु भएको जंगल सफारी इच्छानगर हुदै शीकारीवास, बुद्वनगरबाट हुलाकी मार्ग हुँदै पुन ठोरी जंगल रिसोर्टमै पुगेर सम्पन्न भएको थियो । सोमबार परीक्षणको रुपमा पहिलो पटक गरिएको जंगल सफारी सफल भएको भन्दै अध्यक्ष बस्नेतले अबकेही दिनभित्रै कानुनी प्रक्रिया पूरुा गरेर ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यवसायिक रुपमा जंगल सफरी सुरु गरिने बताए ।उनका अनुसार, जंगल सफारी संचालन गर्न समितिले ८ लख रुपैयाँ खर्च गरेर सडक मर्मत गरेको छ ।
जंगल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयम थप्ने र ठोरीको पर्यापर्यटनका लागि थप आकर्षण हुने ठोरी गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष सापकोटाले बताए ।यस्तै समितिका अध्यक्ष बस्नेतले वीरगन्ज र सीमावर्ती भारतबाट ठोरी घुम्न आउने पाहुनाहरुका लागी जंगल सफारी अत्यन्त प्रभावकारी हुने , ठोरीका जंगल भित्र र बाहिरका बस्तीहरुले समेत यसको प्रत्यक्ष लाभ लिने बताए ।
सोमबारको जंगल सफारीमा अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा वडाध्यक्ष अमृतकृष्ण सापकोटा, नेपाली काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चिनवहादुर श्रेष्ठ, नेकपा एमाले ठोरीका सचिव जोगैन्द्र पौडेल, अमृतधारा होमस्टेका अध्यक्ष यादवराज कुँवर,ठोरी जंगल रिसोर्टका सन्चालक धीरसिंह घिमिरे, रेन्जर दिनेश यादव लगायतको सहभागिता रहेको थियो ।