Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदीको बाढीले वीरगन्जका आधा दर्जन वडाहरु डुबानमा, ५ सय बढी मानिसको उद्धार

वीरगन्ज,१९असोजः शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण नदीको जलस्तर बढेर मानववस्तीहरुमा छिर्दा वीरगन्ज महानगरमा मात्रै ३ सय बढी घरहरु डुबानमा पारेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार, आइतबार दिउाँसो १ बजेसम्म प्राप्त जानकारी अनुसार, सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरपालिकाका दर्जनबढी वस्तीहरुमा छिरेको छ । वडा नम्बर ९,१०,११,२३,२३ र २४ मा बाढी पसेर घरहरु डुबानमा परेका हुन् ।

दिउँसो सम्म डुबानमा परेका वस्तीहरुबाट नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र महानगरको नगरप्रहरीको टोलीले ५ सय बढी मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

विद्यालय, धर्मशाला , क्लबका भवन लगायतमा लगेर राखिएका उनिहरुलाई वीरगन्ज उद्योग वाण्ज्यि संघको समन्वय वीरगन्ज महानगरपालिकाले डाइफुड,पिउनेपानीको बोत्तल र आवश्यक औषधि वितरण गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
वस्तीमा पसेको बाढीको पानी पूर्ण रुपमा कम नभएसम्म उनिहरुलाई घर नफर्काइने पनि सुबेदीले बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको बाढीबाट हालसम्म वीरगन्ज महानगरका आधा दर्जन वडाहरु डुबानमा परेको बताए । आइतबारबिहान डुबानमा परेका वडाहरुमा आँफै पुगेका मेयर सिंहले भने, घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरुलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानहरुमा राखएिको छ । उनिहरुका खानपान र बासको प्रबन्ध मिलाएका छौं।

वस्तीमा पसेको बाढीको पानी निकासका लागि महानगरपालिकाले आफ्ना चार वटा डोजरहरु बिहानैदेखि परिचालन गरिएको जानकारीपनि उनले दिए ।

डुबानग्रस्त क्षेत्रहरुमा उद्धार र राहत वितरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र महानगरको नगर प्रहरी गरी १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारीपनि उनले गराए । उनले भने,बाडी र डुबानाबाट वीरगन्जमा अहिलेसम्म मानवीय क्षति भएको छैन । घरहरुमा बाढीको पानी पस्दा सरसामानहरु केहि मात्रमा नोक्सान भएका छन् ।

यसैबीच वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा रहेको वीरगन्ज जीतपुर र्गाशालामा सिर्सिया नदीकै बाढी पसेर फसेका १३२ वटा गाईलाई नगरप्रहरीको सहयोगमा सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेर राखेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जानकारी दिए ।

 

Related posts

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

वीरगन्जमा नेपाली र भारु रकमसहित धनुषाका कलवार पक्राउ

MadhesKhabar

निजगढमा यात्रुवाहक बस दुर्घटना हुदाँ १ काे मृत्यु ,३० भन्दा बढी घाइते

MadhesKhabar

Leave a Comment