Madhes Khabar
स्थानिय

वीरगन्जमा नेपाली र भारु रकमसहित धनुषाका कलवार पक्राउ

वीरगन्ज,५चैत:वीरगन्जबाट प्रहरीले हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा एक व्याक्तिलाई करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक बुकसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएका ५० बर्षिय रामबाबु कलवार रहेका छन् । उनको साथबाट श्रोत खुल्न नसकेको ६ लाख ८२ हजार नेपाली रुपैयाँ बरामद पनि गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकाारी दिए ।

थपाका अनुसार, विशेष सूचनाको आधारमा आइतबार दिउँसो खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ दुर्गाहल पछाडिको बाटोमा शंकास्पद रूपमा हिँडिरहेका कलवारलाई रोकेर उनको शरिर खानतलासी गरेको थियाोे । त्यसक्रममा कलवारले बोकेको झोलाबाट नेपाली हजार र पाँच सय दरको नोट गरी ६ लाख ८२ हजार रुपैयाँ र नेपालमा प्रतिबन्धित भारु पाँच सय दरको ५६ थान नोटपनि बरामद भएको थापाले बताए ।यस्तै कलवारको साथबाट कृषि विकास बैंक,सानिमा बैंक, माछापुछ«े बैक, लक्ष्मी बैंक,मुक्तिनाथ विकास बैंक,ग्लोबल बैंक,प्राइम बैंक र मेघा बैंकको गरी १९ थान चेकबुकपनि बरामद गरिएको जानकारी थापाले दिए ।

पक्राउ परेका कलवारलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए ।

Related posts

जगरनाथपुरमा ज्येष्ठ नागरिकका लागि भवन बन्दै, पूर्वमन्त्री रिजालले गरे शिलान्यास

MadhesKhabar

वर्षौदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन

MadhesKhabar

बारामा पर्ने सीमा स्तम्भहरुको मर्मत कार्य सुरु

MadhesKhabar

Leave a Comment