Madhes Khabar
स्थानिय

नवनिर्वाचित रिजाललाई समर्थकले चाँदीकाे मुकुट एर दिए बधाई

मधेसखबर

वीरगन्ज ,११ मंसिर : पर्सामा चुनाव जितेका नेताहरुलाई समर्थकले खुशीयालीमा चाँदीकाे मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ काे प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीकाे मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न आइतबार साँझ धाेबिनि गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाई धाेबिनी गाँउपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीकाे मुकुट पहिर्याएर बधाई दिनुका साथै सम्मान गरेकाे काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले बताए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

 

यसअघि पर्सामै गत स्थानीय तहकाे निर्वाचनमा वीरगन्ज महानगरपालिकाकाे मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि सांसद  प्रदीप यादवले बधाई दिने क्रममा चाँदीकाे मुकुट लगाई दिएका थिए ।

त्यसअघि २०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकले चाँदीकाे मुकुट लगाइ दिएर बधाई दिदै सम्मान गरेका थिए ।

Related posts

वीरगन्जबाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जना पक्राउ

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र

MadhesKhabar

नेपालमै पहिलो पटक ड्रोन प्रयोग गरेर पर्सामा गरियो जग्गाको नापजाँच

MadhesKhabar

Leave a Comment