Madhes Khabar
स्थानिय

नवनिर्वाचित रिजाललाई समर्थकले चाँदीकाे मुकुट एर दिए बधाई

मधेसखबर

वीरगन्ज ,११ मंसिर : पर्सामा चुनाव जितेका नेताहरुलाई समर्थकले खुशीयालीमा चाँदीकाे मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ काे प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीकाे मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न आइतबार साँझ धाेबिनि गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाई धाेबिनी गाँउपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीकाे मुकुट पहिर्याएर बधाई दिनुका साथै सम्मान गरेकाे काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले बताए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

 

यसअघि पर्सामै गत स्थानीय तहकाे निर्वाचनमा वीरगन्ज महानगरपालिकाकाे मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि सांसद  प्रदीप यादवले बधाई दिने क्रममा चाँदीकाे मुकुट लगाई दिएका थिए ।

त्यसअघि २०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकले चाँदीकाे मुकुट लगाइ दिएर बधाई दिदै सम्मान गरेका थिए ।

Related posts

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

MadhesKhabar

पर्सागढी नगरपालिकाको बजेट ५५ करोड ७० लाख , कृषि , शिक्षा र पर्यटन प्राथमिकतामा

MadhesKhabar

पर्साकाे जगरनाथपुरमा महिलाकाे शव फेला

MadhesKhabar

Leave a Comment