वीरगन्ज,११साउनःपर्साको सखुवा प्रसौनी गाँउपालिकामा ‘स्थानीय नीतीमा सीमान्तकृत समुदायको प्रतिनिधित्वको सवाल’ विषयक अन्तकरृया कार्यक्रमआइतबार सम्पन्न भएको छ ।
ब्रिटिस काउन्सिल र दलित लिभ्सि म्याटर ग्लोबल एलायन्सको सहकार्यमा पिसफोर दलित फाउन्डेसन नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारले निर्माण गरेका नीति नियमावली तथा कार्यविधिहरुमा सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा अवसरको विषयमा सहभागीहरुबीच छलफल भएको थियो ।
कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले आफ्नो पालिकामा रहेका सीमान्तकृत,विपन्न,दलित समुदायका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । उनिहरुलाई लक्षित गरी थप नीति , रणनीति तथा ऐन बनाउने प्रतिबद्धतापनि उनले जनाए। सखुवाप्रसौनी गाउँपालिका दलित मैत्री गाउँपालिका रहेको भन्दै उनले दलित तथा सीमान्तकृत समुदायका लागि नीति निर्माण गरि थप कामहरु गर्ने प्रतिबद्धतापनि जनाए ।
उनले पिसफोर दलितस फाउन्डेसनको कार्यक्रमले आफुहरुलाई अझै जिम्मेवारीका साथ काम गर्न प्रेरित गरेको बताए । उनले गाँउपालिकाले निर्माण गर्न लागेका नीतीहरुमा पिसफोर दलितस फाउन्डेसनले सहयोग गरिरहेकोपनि बताए । उनले दैवी प्रकोपबाट बढी पिडित हुने सिमान्तकृत समुदायको स्वास्थ्य सेवाको ब्यवस्थापनमा कार्य भएको र अन्य प्रकोपहरुबाट बच्नका लागी प्रहरी र सञ्चारमाध्यमबाट जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको जानकारीपनि गराए ।
सखुवा प्रसौनी गाउँपालिकाको समाजिक विकास शाखा प्रमुख विनोद यादवले पालिकाले सिमान्तकृत तथा दलित समुदायका युवायुवतीका लागि क्षमता अभिबृद्धि तथा सीप विकाससम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराए । उनले सखुवा प्रसौनी गाँउपालिकाबाट वैदेशीक रोजगारीमा जानेहरुको लागी सीपमूलक तालिमका साथै गाउँघरमै स्वरोजगारका लागि युवायुवतीहरु लक्षित सीपमुलक कार्यक्रम र तालिमहरु सञ्चालन गरिएको बताए ।
कार्यक्रममा दलित लिभ्सिका राजकुमार खत्रीले सखुवा प्रसौनी गाउँपालिकामा अझैपनि केही नीति तथा कार्यविधिहरु निर्माण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा फिसफोर दलित फाउन्डेस पर्साका अध्यक्ष मनोज रामले सिमान्तकृत समुदायलाई लक्ष्इिात गरी पालिकाले आवश्यक पर्ने निति निर्माणमा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा फाउन्डेसनका कार्यक्रम निर्देशक वेद प्रसाद रौनियारले सहजीकरण गरेका थिए ।
रामको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,दलित महिला वडासदस्यहरु, दलितका अगुवाहरु लगायतको सहभागिता थियो ।

