Madhes Khabar
शिक्षा

वीरगन्जका सामुदायिक विद्यालयमा थप ३ दिन विदा, संस्थागत विद्यालय आइतबारदेखि खुल्ने

वीरगन्ज, २असार : दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा थप ३ दिनका लागि विदा दिएको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाको कार्यालयले सुरुमा जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गतेसम्म र त्यसपछि जेष्ठ २८ देखि असार १ गतेसम्मका लागि महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर योबिचमापनि गर्मी कम नभएपछि शुक्रबार एक सुचना जारी गरेर वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक विद्यायहरु मात्रै  थप ३ दिन अर्थात अषाढ ३ गतेदेखि अषाढ ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप ३ दिन अर्थात अषाढ ५ गतेसम्मका लागि सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले शुक्रबार जारी गरेको सुचनामा उल्लेखछ ।

महानगरमा रहेका संस्थागत विद्यालयहरु भने आइतबारदेखि खुल्ने छन् । असार ५ गते एकदिनका लागि भने संस्थागत विद्यालयहरु पनि बन्द रहनेछन् ।असार ५ गते गहवामाई रथयात्रा निकालिने भएकाले उक्त दिन भने संस्थागत र सामुदायिक सबै विद्यालयहरु बन्द रहने छन् ।

पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो तीन सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४५ डिग्रि सेल्सियससम्म पुगेको छ । शुक्रबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४५ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

Related posts

शिक्षकलाई पार्टीको सदस्य बन्न र राजनीतिक गतिविधिमा संलग्न हुन रोक

MadhesKhabar

विद्यार्थीलाई स्वराेजगार बनाउन बिपिसीमा ‘मेड इन वीरगन्ज’ सुरु

MadhesKhabar

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगन्ज महानरगरले गर्यो सिलबन्दी

MadhesKhabar

Leave a Comment