Madhes Khabar
शिक्षा

शिक्षकलाई पार्टीको सदस्य बन्न र राजनीतिक गतिविधिमा संलग्न हुन रोक

काठमाडौं,२७ भदौं : विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षकलाई दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन र राजनीतिक गतिविधिमा भाग लिन रोक लगाएको छ ।

शिक्षामन्त्री अशोककुमार राईले बुधबार प्रतिनिधिसभामा दर्ता गएको विधेयकको परिच्छेद–८ मा सार्वजनिक विद्यालयका शिक्षकको आचरण उल्लेख छ । त्यसको दफा ७३ मा राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने उल्लेख छ ।

‘शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुनु हुँदैन,’ विधेयकमा भनिएको छ ।

शिक्षकले निर्धारित समयमा नियमती रुपले विद्यालयमा हाजिर भई अध्यापन गर्नुपर्ने र सम्भव भएसम्म पहिले बिदाको स्वीकृत नलिई विद्यालयमा अनुपस्थित हुन नहुने उल्लेख छ । शिक्षकले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको आदेश पालना गर्दै अनुशासन कायम गर्नुपर्ने आचरणमा उल्लेख छ ।

त्यस्तै शिक्षकले दान, उपहार, चन्दा लिन नहुने व्यवस्था गरिएको छ । विद्यालयको काम र विद्यार्थीको सिकाइ तथा मूल्यांकन प्रभाव पर्न सक्ने गरी कुनै पनि शिक्षकले स्थानीय तहको पूर्व स्वीकृतिबिना आफूले वा आफ्नो परिवारको कुनै पनि सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, कोसेली, उपचार स्वीकार गर्न नुहने दफा ७५ मा उल्लेख छ ।

‘विद्यार्थी र अभिभावकसँग सापटी र सहयोग समेत लिन हुँदैन,’ विधेयकमा उल्लेख छ । शिक्षकलाई कम्पनी स्थापना, सञ्चालन र व्यापार व्यवसाय गर्न समेत विधेयकले प्रतिबन्ध लगाएको छ । अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने प्रावधान राखिएको छ । शिक्षक प्रदर्शन, हड्ताल, बहुविवाह, यौनजन्य दुर्व्यवहार र यातनामा संलग्न हुन नसहने आचरण तोकिएको छ । स्थायी आवासीय अनुमतिपत्र लिन शिक्षकले आवेदनसमेत दिन नपाइने व्यवस्था गरिएको छ ।साभार : ईकान्तिपुर

Related posts

देशभरका सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क खानेपानी उपलब्ध गराउने मन्त्री यादवको प्रतिबद्धता

MadhesKhabar

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक बन्नपनि सिकाउँदै ‘रोयल एकडेमी’

MadhesKhabar

Leave a Comment