काठमाडौं,२४जेष्ठ : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्न माग गर्दै काठमाडौंमा धर्नामा बसेका अभियन्ताहरुलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् ।
सिर्सिया नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका छन् । बुधबार धर्नास्थलमा पुगेका गृहमन्त्री श्रेष्ठले चुरे तथा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारको पनि एजेण्डा भएको बताए । उनले भने, ‘यो हाम्रै एजेण्डा हो, तपाईँहरुले घचघच्याएर बल दिनु भएको छ । यसको समाधान गरेर हामी अगाडि बढ्छौं ।’
अभियन्ताहरुले भने लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले यसबारे आफूले सम्बन्धित मन्त्रालयहरुलाई भनिसकेको भन्दै सम्वाद गरेर टुंग्याउन आग्रह गरे ।साभार:अनलाइनखबर

