Madhes Khabar
राष्ट्रिय

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंमा धर्ना बसेका अभियन्ताहरुलाई गृहमन्त्री श्रेष्ठले भेटे

काठमाडौं,२४जेष्ठ : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्न माग गर्दै काठमाडौंमा धर्नामा बसेका अभियन्ताहरुलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् ।

सिर्सिया नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका छन् । बुधबार धर्नास्थलमा पुगेका गृहमन्त्री श्रेष्ठले चुरे तथा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारको पनि एजेण्डा भएको बताए । उनले भने, ‘यो हाम्रै एजेण्डा हो, तपाईँहरुले घचघच्याएर बल दिनु भएको छ । यसको समाधान गरेर हामी अगाडि बढ्छौं ।’

अभियन्ताहरुले भने लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले यसबारे आफूले सम्बन्धित मन्त्रालयहरुलाई भनिसकेको भन्दै सम्वाद गरेर टुंग्याउन आग्रह गरे ।साभार:अनलाइनखबर

Related posts

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ सालभित्रै सम्पन्न गर्ने सरकारको घोषणा

MadhesKhabar

माघ महिनामा भएका आगलागीमा परेर २२ जनाको मृत्यु, ८७ जना घाइते

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

MadhesKhabar

Leave a Comment