Madhes Khabar
राष्ट्रिय

पाँच वर्षमा सांसदहरुकाे तलबभत्ता र सुविधामा भएकाे खर्चकाे सूचना माग

मधेसखबर
वीरगन्ज ,२३ मंसिर :राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गरेका छन् ।अध्यक्ष यादवले सूचना हककाे ऐन २०६४ बमाेजिम संसद् सचिवालयसँग सूचना माग गरेका हुन् ।

उनले लिखित निवेदन दर्ता गर्दै २०७४ देखि २०७९ सम्मकाे कार्यकालमा सांसदहरुकाे तलब एवं अन्य सुविधामा खर्च भएकाे कुल रकमकाे प्रमाणित प्रतिलिपी माग गरेका हुन् ।

त्यस्तै उनले संसद्काे पछिल्लाे पाँच वर्षमा सांसदहरुले लिएकाे भत्ता, संसदीय काेषमार्फत खर्च भएकाे रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयाेग गरेकाे सांसदहरुकाे सूची पनि माग गरेका छन् ।

Related posts

२८ करोड राजस्व छलेको आरोपमा ११ महिना जेल बसेका बाराका उमाशंकर निर्दोष ठहर

MadhesKhabar

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

MadhesKhabar

कोभिड भित्रिन नदिन वीरगन्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे निरिक्षण

MadhesKhabar

Leave a Comment