Madhes Khabar
राष्ट्रिय

पाँच वर्षमा सांसदहरुकाे तलबभत्ता र सुविधामा भएकाे खर्चकाे सूचना माग

मधेसखबर
वीरगन्ज ,२३ मंसिर :राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गरेका छन् ।अध्यक्ष यादवले सूचना हककाे ऐन २०६४ बमाेजिम संसद् सचिवालयसँग सूचना माग गरेका हुन् ।

उनले लिखित निवेदन दर्ता गर्दै २०७४ देखि २०७९ सम्मकाे कार्यकालमा सांसदहरुकाे तलब एवं अन्य सुविधामा खर्च भएकाे कुल रकमकाे प्रमाणित प्रतिलिपी माग गरेका हुन् ।

त्यस्तै उनले संसद्काे पछिल्लाे पाँच वर्षमा सांसदहरुले लिएकाे भत्ता, संसदीय काेषमार्फत खर्च भएकाे रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयाेग गरेकाे सांसदहरुकाे सूची पनि माग गरेका छन् ।

Related posts

बहुदरमाइको कार्यपालिका चुनावमा जसपा–एमाले गठबन्धनको जित

MadhesKhabar

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

MadhesKhabar

पटेर्वासुगौलीमा एमालेको विरासत भत्काउदै काँग्रेस विजयी

MadhesKhabar

Leave a Comment