Madhes Khabar
राष्ट्रिय

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाडौं,२६ भदौं :सरकारले संविधान सभाका अध्यक्ष एंव एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय गरेको उनले् बताए ।

नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय उनको भनाइ छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको सोमबारराति हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिक शरीर श्रदाञ्जलीका लागि एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको एमालेले जनाएको छ ।

Related posts

विदेश जाने श्रमिकले अब सरकारी अस्पतालबाटै सेवा पाउने, स्वास्थ्य परीक्षण सिन्डिकेट खारेज

MadhesKhabar

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति रवि लामिछाने

MadhesKhabar

काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना प्रमुखलाइ कारबाही गर्न संसदीय समितिको निर्देशन

MadhesKhabar

Leave a Comment