Madhes Khabar
राष्ट्रिय हेडलाइन

कोभिड भित्रिन नदिन वीरगन्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे निरिक्षण

मधेसखबर
वीरगन्ज,१३ पुस :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

कोरोना भाइरस (कोभीड–१९) को संक्रमण छिमेकी देश भारतमा फेरप फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बिहीबार बिहान मेयर सिंहले निरीक्षण गरेका हुन् ।

अहिले छिमेकी देश भारतमा कोभिड संक्रमितकाे संख्या दैनिक बढिरहेकाले त्यहाँबाट वीरगन्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि मेयर सिंहले हेल्थडेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिए ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै उनले आवश्यक परेका सामग्री महानगरबाट लिन पनि अनुराेध गरे ।

नाकाकाे हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनु पर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

हेल्थ डेस्कमा अहिले दैनिक १ सय जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महत्ताेले जानकारी दिइन् ।
भारत गएर फर्किने स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरेको हेल्थ डेस्ककी महत्ताेले बताइन् ।

Related posts

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली

MadhesKhabar

वीरगन्जवासीको चाहना मधेस सरकारले पुरा गरयो : वनमन्त्री प्रदीप यादव

MadhesKhabar

वीरगन्ज महानगरले ल्यायो सवा ३ अर्बको बजेट

MadhesKhabar

Leave a Comment