Madhes Khabar
राष्ट्रिय हेडलाइन

कोभिड भित्रिन नदिन वीरगन्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे निरिक्षण

मधेसखबर
वीरगन्ज,१३ पुस :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

कोरोना भाइरस (कोभीड–१९) को संक्रमण छिमेकी देश भारतमा फेरप फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बिहीबार बिहान मेयर सिंहले निरीक्षण गरेका हुन् ।

अहिले छिमेकी देश भारतमा कोभिड संक्रमितकाे संख्या दैनिक बढिरहेकाले त्यहाँबाट वीरगन्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि मेयर सिंहले हेल्थडेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिए ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै उनले आवश्यक परेका सामग्री महानगरबाट लिन पनि अनुराेध गरे ।

नाकाकाे हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनु पर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

हेल्थ डेस्कमा अहिले दैनिक १ सय जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महत्ताेले जानकारी दिइन् ।
भारत गएर फर्किने स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरेको हेल्थ डेस्ककी महत्ताेले बताइन् ।

Related posts

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

MadhesKhabar

छठ पूजाको उपलक्ष्यमा यसपालि पनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

Leave a Comment