Madhes Khabar
हेडलाइन

वीरगन्ज महानगरले ल्यायो सवा ३ अर्बको बजेट

मधेसखबर
वीरगन्ज, १० असार : वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक बर्षका लागि साढे ३ अर्ब ३३ करोड रुपैया भन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको शुक्रबार आयोजित ११ औं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिका संयोजक इम्तियाज आालमले भौतिक पुर्वाधार र सामाजिक विकासलाइ प्राथमिकतामा राखेर अगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

उपप्रमुख आलमले सर्वाजनिक गरेको विनियोजित बजेट मध्ये चालु खर्च तर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत रकम विनियोजन गरिएको छ ।पुँजीगत खर्च तर्फ भने १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैया अर्थात ३७.९६ प्रतिशत खर्च हुने अनुमान महानगरको छ ।

बजेटमा सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा १ अर्व १९ करोड ९३ लाख रकम विनियोजन गरिएको छ ।त्यसपछि सबै भन्दा बढि सामाजिक विकास क्षेत्रमा भने ९९ करोड ३५ लाख ७९ हजार रुपैया महानगरले विनियोजित गरेको छ ।

यसैगरि महानगरपालिकाको सेवा प्रवाह र संगठन सुदृढिकरण सम्बन्धि कार्यक्रमका लागि मात्रै ९३ करोड ५३ लाख २१ हजार छुटयाइएको छ भने शिक्षा, युवा तथा खेलकुद सम्बनिध कार्यक्रमका लागि ६६ करोड ३८ लाख ३५ हजार रुपैयाँ विनियोजित गरिएको छ ।

स्वास्थ्य तर्फ भने १५ करोड २० लाख ३० हजार , महानगरपालिकाको आर्थिक विकास तर्फ १० करोड ४२ लाख ९० हजार , महानगरको सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लख रुपैया, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार मात्रै र वन तथा वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड ९९ लाख रुपैया खर्च हुने अनुमान महानगरको छ ।
यस्तै महानगरपालिकाको सुचना प्रविधी र सन्चार सम्बन्धि कार्यक्रमका लागि १ करोड ५ लाख ९५ हजार रुपैया छुट्याइएको छ ।

 

किसानले बिद्युत निशुल्क पाउने , चक्रपथ बनाउने , वीरगन्जलाइ शैक्षिक हब बनाइने

महानगरको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा किसानको सिंचाइ मिटरको सम्पूर्ण विद्युत महशुल महानगरपालिकाले तिर्ने उल्लेख छ । यस्तै महिनामा बढिमा ३० युनिट सम्म बिजुली खपत गर्ने उपभोक्ताको महशुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले सुशासनलाइ सेवा प्रवाहको मूल मन्त्र बनाएर महानगरपालिकाको कार्यालयमा भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउने , आर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेर बजेट सक्याउने प्रवृतिलाइ अन्त्य गरिने बताए ।

वीरगन्ज महानगरलाइ शैक्षिक हबको रुपमा विकास गरिने पनि उनले बतााए । छोरीहरुलाइ शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडाहरुमा कन्या विद्यालय र क्याम्पस स्थापना गरिने मेयर सिंहले बताए ।
महानगरका ३२ वटै वडाहरुलाइ सडक सन्जाल मार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको मेयर सिंहले बताए ।
उनले वीरगन्ज महानगरको एकिकृत शहरी विकास योजना बनाइ त्यहि अनुसार शहरी विकास कार्यलाइ अगाडि बढाइने मेयर सिंहले बताए ।वडा नम्बर ३० र ३१ मा रहेको गुठी संस्थानको ६ सय ५० बिगाहा जग्गा भाडामा लिएर पुर्वाधार सहितको औधोगिक क्षेत्र स्थापना गरिने पनि सिंहले बताए ।

दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुन सन्चालनका लागि संघ र प्रदेश सरकारसंग पहल गर्ने पनि उनले बताए ।

Related posts

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

MadhesKhabar

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

MadhesKhabar

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

MadhesKhabar

Leave a Comment