Madhes Khabar
राष्ट्रिय

चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं,२४चैत : नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो।चैत १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, राईलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।

Related posts

स्थानीय तहका उम्मेदवारले पाए जरिवाना माफी मिनाहा

MadhesKhabar

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

MadhesKhabar

नेपाल पत्रकार महासंघले माग्याे राष्ट्रपति भण्डारीकाे राजिनामा

MadhesKhabar

Leave a Comment