Madhes Khabar
समाचार

रुकुममा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु , १० घाइते

रुकुम, ११ जेष्ठ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते पनि भएका छन् ।

बाँफिकोट–८ वडाध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिकै सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

जिपमा कूल १४ जनायात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए ।सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ जाँदै गरेको जु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । साभार : कान्तिपुर

 

Related posts

पर्सामा विपद प्रभावितको उद्धारमा खट्न जनमत पार्टीका नेता कार्यकर्तालाई अध्यक्ष सर्राफको आह्वान

MadhesKhabar

सिके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

MadhesKhabar

नक्कली डीएसपी पक्राउ

MadhesKhabar

Leave a Comment