Madhes Khabar
समाचार

सिके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं,२८भदाैं:जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका हुन् ।

अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । उनले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । उनका दुई छोरी र एक छोरा छन् ।

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।साभार:खबरहब

Related posts

प्रहरी कार्यालयभित्रै गोली चल्यो : सिपाही जयसवाल घाइते, इन्स्पेक्टर श्रेष्ठ नियन्त्रणमा

MadhesKhabar

बरिष्ठ सई सागर राणा ‘पुलिस अफ द मन्थ’ घोषित

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्साले भाडामा लगाएका सटरहरु खाली गर्न ३५ दिने सूचना जारी

MadhesKhabar

Leave a Comment