Madhes Khabar
समाचार

सिके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं,२८भदाैं:जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका हुन् ।

अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । उनले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । उनका दुई छोरी र एक छोरा छन् ।

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।साभार:खबरहब

Related posts

पर्सामा फेरि अर्का ३२ वर्षिय युवा गाउपालिका अध्यक्षमा निर्वाचत

MadhesKhabar

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

MadhesKhabar

वीरगन्जको रेल्वेराेडकाे फुटपाथमा एक युवक मृत फेला

MadhesKhabar

Leave a Comment