Madhes Khabar
राजनीति

बारा-२ का जनता मलाई जिताउन आतुर छन् : उपेन्द्र यादव

बारा,२६चैत:जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले आइतबार देवताल गाउँपालिकाको विभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रम तथा जनता दर्शन कार्यक्रम गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको साझा उम्मेदवरसमेत रहेका यादवले बारा-२ मा आफ्नो आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

देवताल गाँउपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैयालगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागीता देखेर आफूपनि उत्साहित भएको बताए । उनले आफ्नो उम्मेदवारी मुलुकको विकास, समृद्धि र संघीय लोकतन्त्रको रक्षाका निमित्त रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन दलका अन्य नेताहरुले पनि बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चित भएको दावी गरे । बाराका जनताले मधेश र मधेशी जनताको आधिकारका लागि सुरुवातदेखि लागेको नेता उपेन्द्र यादवलाई छान्ने बताए ।

कार्यक्रममा पूर्व वन तथा वातावरणमन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव, मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, पूर्वसांसद् रामबाबु यादव, रामकिशोर यादव, रोशन यादव, आत्माराम साह, रामाकान्त यादव, अरुण सिंहलगायत गठबन्धन दलका स्थानिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागीता रहेको थियो ।

Related posts

जसपाको चुनावी घोषणापत्र : गरिबी र बेरोजगारी अन्त्य गरिने

MadhesKhabar

२०८४ को चुनावमा पुराना पार्टीलाई एकै पटक ’बाईबाई’ गर्नुपर्छ : सभापति रवि लामिछाने

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त

MadhesKhabar

Leave a Comment