Madhes Khabar
समाज

वीरगन्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्ब मनाउन मेयर सिंहद्धारा खाद्यान्न सामाग्री सहयोग

मधेसखबर
वीरगन्ज,२२चैतः वीरगन्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुलालाई रमजान पर्ब मनाउनका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।कारागारमा रमजान गरेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न बुधबार मेयर सिंहले व्याक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने खाद्यान्न लगायतका सामाग्री बुुधबार साँझ कारागारमै पुगेर कारागार प्रशासनका फिरोज अन्सारीलाई हस्तान्तरण गरिएको मेयर सिंहका प्रतिनिधि अफरोज आलमले जानकारी दिए ।उनका अनुसार , मेयर सिंहले इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराएका हुन् ।

अहिले मुस्लिम समूदायको महत्वपूर्ण चाड रमजान चलिरहेको छ । एक महिनासम्म चल्ने रमजान पर्बमा मुस्लिम समूदाय दिनभर पानी समेत नखाई निराहार उपवास बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्दछन् । कारागारमा कैदी जीवन विताई रहेकाहरुलाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस् भनेर व्यक्तिगत रुपमा सहयोग गरेको मेयर सिंहले बताए ।

Related posts

वीरगन्ज हेल्थ केयर हस्पिटलको सहयोगमा अपांगता भएका ४ जनालाई ह्वील चेयर वितरण

MadhesKhabar

वीरगन्जमा एनआई कलेजको कार्यक्रममा १६९ जनाले गरे रक्तदान

MadhesKhabar

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment