मधेसखबर
वीरगन्ज ,१४चैत: वीरगन्जकाे सुर्या हस्पिटल परिसरभित्रबाट चाेरी भएकाे माेटरसाइकल पर्सा जिल्लाकाे गाँउमा फेला परेकाे छ ।
वीरगन्ज स्थित सुर्या हस्पिटलमा सेवाग्राहीले साेमबार पार्किङ गरिराखेकाे ना६१प ८८१६ नम्बरकाे हाेण्डा साइन मोटरसाईकल अस्पताल परिसरबाटै चाेरी भएकाे थियाे । उक्त माेटरसाइकल प्रहरीले मंगलबार पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर १ मा फेला पारेकाे हाे ।
सुर्या हस्पिटलको सीसीटीभीमा कैद भिडियाेमा हेर्दा उक्त माेटरसाइकल पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर १ कै सनोज सहनीले चोरेर लगेको देखिएकाे थियाे । त्यसपछि प्रहरीले खाेजतलाश गर्ने क्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ स्थित सडकमा उक्त माेटरसाइकल भेटिएकाे हाे । माेटरसाइकल चाेरी गर्ने सहनी भने फरार रहेकाे र उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
फेला परेकाे माेटरसाइकल प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक पवन कुमार कुशवाहाले मंगलबार मोटरसाईकलधनी बहुदरमाई नगरपालिका वडा नम्बर १ पिपराका जितेन्द्र सिंहलाई स्थानीय पत्रकार र प्रतिनिधीको रोहबरमा जिम्मा लगाएर पठाट जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ |

