Madhes Khabar
खेलकुद

सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज ,१३चैत : बारा , वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत साेमबार भएको खेलमा सप्तरीलाई ५–० गाेलकाे फराकिलो अन्तरले हराउँदै बाराले अन्तिम चारकाे यात्रा तय गरेको हो ।

बाराका लागि खेलको १९ औं मिनेटमा अमर डंगाेल, ३४ औं मिनेटमा नीरज थापा मगर , ३९ औं मिननेटमा कृपा चाैधरी, ६२ औं मिनेटमा अभिषेक चाैधरी र ७४ औं मिनेटमा चतुर्धन चाैधरीले गाेल गरि टिमलाई ५-० काे फराकिलाे जित दिलाएका हुन् ।

फनइनल प्रवेशका लागि बाराले अब यसअघि महाेतरीलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेकाे सिरहासंग चैत १५ गते प्रतिस्पर्धा गर्ने आयाेजक गिरिजाप्रसाद काेइराला फाउन्डेसनका मधेस प्रदेश संयाेजक महम्मद शाहबुद्धिनलेे जानकारी दिए ।

प्रतियोगितामा मंगलबारको खेल राैतहट र धनसषा बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

मंगलबारकाे विजेता टिमले फाइनल प्रवेशका लागि पर्सासंग चैत १६ गते प्रतिस्पर्धा गर्नेछ ।

चैत १८ गते सम्म चल्ने  प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष गुप्ताले जानकारी गराए ।

Related posts

तेस्रो परवानीपुर गोल्डकप : वर्षाका कारण पहिलाे सेमिफाइनल खेल स्थगित

MadhesKhabar

टी-२० विश्वकप : श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

MadhesKhabar

अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीले गरे सचिनकाे किर्तिमानसंग बराबरी

MadhesKhabar

Leave a Comment