Madhes Khabar
खेलकुद

भारतमा खेल्ने मौका पाए नेपालले पनि ४ वर्षमा टेस्ट खेल्न सक्छ : मुख्य प्रशिक्षक देसाई

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई ।

काठमाडौँ, ७ चैत : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) सँग नेपाली टिमलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको बताएका छन् ।
भारतीय क्रिकेट अनलाइन क्रिकबजसँगको कुराकानीमा प्रशिक्षक देसाईले आफूले आईसीसी र बीसीसीआईका सचिवसमेत रहेका एसियाली क्रिकेट परिषद्का अध्यक्ष जय शाहसँग त्यसबारेमा कुराकानी गरेको बताएका छन् ।

क्रिकबजसँगको कुराकानीमा प्रशिक्षक देसाईले भनेका छन्, ’मैले आईसीसी र बीसीसीईका सचिव तथा एसीसी अध्यक्ष जय भाइसँग कुरा गरेको छु । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेलिरहेका छन् । हाम्रो टिमलाई पनि भारतमा खेल्न दिइनुपर्छ, विशेषगरी रणजी ट्रफीमा । यदि त्यसो भएमा नेपालले आगामी ४ वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्न सक्छौँ ।’

गत माघ २३ मा मात्रै नेपालको मुख्य प्रशिक्षक सम्हालेका देसाईले पछिल्ला १२ मध्ये ११ महत्त्वपूर्ण खेलमा जित दिलाउँदै नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराउन सफल भएका छन् ।

प्रशिक्षक देसाईले नेपालसँगै क्रिकेट सुरु गरेको छिमेकी मुलुक अफगानिस्तानले आईसीसीको पूर्ण सदस्य बनिसकेको बताएका छन् । उनले भनेका छन्, ’अफगानिस्तानसहित हाम्रा धेरैजसो छिमेकी देशहरू पूर्ण सदस्य छन् । अफगानिस्तान र नेपालको क्रिकेट यात्रा सँगसँगै जस्तो सुरु भएको हो ।’ साभार : कान्तिपुर

Related posts

बीएसल : साउथ जाेन स्टार्सकाे लगातार दाेस्राे जित

MadhesKhabar

रोहित शर्माले बनाए एकदिवसीय क्रिकेटमा ३३ औं शतक, अष्ट्रेलिया ९ विकेटले पराजित

MadhesKhabar

बंगलादेशलाई हराउँदै नेपाल खाे खाे विश्वकपकाे सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment