Madhes Khabar
खेलकुद

रोहित शर्माले बनाए एकदिवसीय क्रिकेटमा ३३ औं शतक, अष्ट्रेलिया ९ विकेटले पराजित

काठमाडौ,८कात्तिकः भारत र अस्ट्रेलियाबीच शनिबार भएको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाविरुद्धको जित पछ्याउने क्रममा ओपनर रोहित शर्माले आफ्नो शतक पूरा गरेका छन्। यो रोहित शर्माको एकदिवसीय क्रिकेटमा ३३ औँ शतक हो।

रोहितले ६३ बलमा आफ्नो ३३ औँ एकदिवसीय शतक पूरा गरेका हुन्। उनले १२५ बलमा अविजित १२१ रन बनाएका हुन् ।यस्तै विराट कोहलीले पनि अर्धशतक प्रहार गरे। कोहलीले ८१ बलमा अविजित ७४ रन जोडे । ओपनर शुभमन गिलले भने २६ बलमा २४ रन बनाए ।

शनिबारको खेल भारतले ९ जिकेटले जितेको छ । अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य भारतले ३८.३ ओभरमै मात्र १ विकेटको क्षतिमा पुरा गर्यो ।३ खेलको सिरिज यसअघि नै अष्ट्रोलियाले लागतार दुई खेल जित्दै जितिसकेको थियो ।

 

Related posts

राेहितकाे किर्तिमानी शतकमा अफगानिस्तानमाथि भारतकाे राेमाञ्चक जीत

MadhesKhabar

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

MadhesKhabar

साफ यु-१९ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

MadhesKhabar

Leave a Comment