
वीरगन्ज,५ चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।
आइतबार श्रीराम प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको हो ।
वडाध्यक्ष मनोज कुमार यादवको उपस्थितीमा गठन गरिएको समितिको उपाध्यक्षमा महेन्द्र महतो धानुक,सचिवमा बाबुलाल पासवान,सह सचिवमा धन्नजय ठाकुर हजाम,कोषाध्यक्षमा लक्ष्मी देबी रहेका छन् । यस्तै समितिको सदस्यहरुमा सम्पत साह,हरिओम प्रसाद गुप्ता,अनिल गुप्ता,जगदिश राम,रामापति देबी,शिव कुमारी देबी लगायत रहेका छन ।
वडा नम्बर ३० मा बिगत १० बर्षदेखि निर्माण भएर अल्पत्र अवस्थामा रहेको खानेपानी टयाँकी सञ्चालन गर्न र ब्यावस्थापन गर्नको लागि समिति गठन गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।खानेपानी वडामा रहेको हरेक घरघरमा पुरयाउनको लागि लगभग ८० प्रतिशत पाईप जडान गर्ने कार्यसमेत सम्पन्न गरि सकिएको उनले बताए ।
अब केही महिनाभित्रै वडाका जनताहरुले खानेपानी टयाँकीको पानी पाउने बताउदै वडाध्यक्ष यादवले बिगत १० बर्षदेखि खानेपानीको टयाँकी निर्माण भएपनि त्यो सञ्चालनमा नआउदा अल्पत्र अवस्था रहेकोले सञ्चालनमा ल्याउन लागेको बताए ।

