Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

जनकपुर, ५फागुन : मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरूका लागि निःशुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि पहल सुरु गरेको छ।

पर्सा जिल्लाका १४ पालिका सहित मधेस प्रदेशका १ सय ३६ वटै पालिकामा कृषि विद्युतीकरण, कृषि मिटर निःशुल्क वितरण र सिँचाइको व्यवस्थापनका लागि मन्त्रालयले पहल सुरु गरेको हो।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाको पहलमा मन्त्रालयले नेपाल विद्युतीकरणको प्रादेशिक कार्यालयसँग समन्वय गरिरहेको छ।

यसका लागि मधेस प्रदेशको हरेक जिल्लाका नेपाल विद्युत प्राधिकरणको कार्यालयसँग छलफल गरिने मन्त्री कुशवाहाले जानकारी दिए।नेपाल विद्युत प्राधिकरणको मापदण्ड अनुसार बिजुलीको महशुल पालिकाले तिर्नुपर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याइने मन्त्री कुश्वाहाको भनाइ छ।

किसानलाई निः शुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि भएको छलफलमा मन्त्री कुश्वाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर थिए।

मधेस प्रदेशमा पर्साको वीरगन्ज महानगरपालिका , सप्तरीको राजविराज, रुपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरुँगा र अग्निसाइर पालिकाले पहल थालेका छन्।

त्यस्तै धनुषाका सबैला, क्षिरेश्वरनाथ, बटेश्वर, शहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया र जनकपुरधाम, महोत्तरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी र रामगोपालपुर, सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती नगरपालिकाले समेत यसका लागि पहल सुरु गरेको छ। साभार : अन्नपूर्ण पोष्ट

Related posts

पर्साको अकवामा लागूऔषध कारोबारीको घरमा प्रहरीको छापा: चरेस र गाँजासहित मियाँ पक्राउ

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

मधेस सरकारबाट एमालेपनि बाहिरियाे, अब ढल्ने भयाे जसपा नेपालकाे सरकार

MadhesKhabar

Leave a Comment