Madhes Khabar
लुम्बिनी प्रदेश

फागुन १० मा सत्ता गठबन्धन भत्किन्छ : कांग्रेस महामन्त्री गगन थापा

बुटवल,१फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युँतने दाबी गरेका छन् ।

सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा रहेको भन्दै राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए ।

‘पुस १० गते बनेको अहिले ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युतिन्छ’, महामन्त्री थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ ।’

थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने तर्क गरे ।साभार:अनलाइनखबर

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment