Madhes Khabar
खेलकुद हेडलाइन

कलैया टि–२० मेयर कप क्रिकेट टुर्नामेन्ट फागुन ९ गते देखि

मधेसखबर
वीरगन्ज,१ फागुन : बाराको कलैयामा फागुन ९ गते देखि कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लबले कलैया मेयर टि–२० मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । सोमबार कलैयामा पत्रकार सम्मेलन गरि क्लबले प्रतियोगिताका बारेमा जानकारी पनि गराएको छ ।

कलैयाको सिद्धेश्वर स्थित खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरि ६ वटा टिमले भाग लिनेछन्। प्रतियोगितामा नेपालको बाराको कलैया , पर्साको वीरगन्ज , चितवन र मकवानपुर तथा भारत बिहारको बेतिया र मोतिहारी क्रिकेट क्लबले भाग लिने आयोजक कलैया क्रिकेट क्लबलका अध्यक्ष तसिरुद्दिन मन्सूरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितको उपाध विजेता टिमलाई नगद ६० हजार सहित ट्रफी र उपविजेता टिमलाई नगद ३० हजार सहित ट्रफी प्रदान गरिने अध्यक्ष मन्सूरले बताए ।पत्रकार सम्मेलनमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले प्रतियोगिताको विजेता र उपविजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका थिए ।

कलैया क्रिकेट क्लबका मन्सूरको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई ,कोषाध्यक्ष सुभाष जयसवाल , नगर खेलकुद विकास समितिका संयोजक एम समिउल्लाह, नगर खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिब्यनाथ श्रेष्ठ,जटाशंकर सरार्फ,चर्चित क्रिकेटर सन्जम रेग्मी लगायतको पनि उपस्थिति थियो ।

Related posts

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

MadhesKhabar

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

MadhesKhabar

ओलम्पिक विजेता पलेशालाई सरकारले दियो ६५ लाख

MadhesKhabar

Leave a Comment