Madhes Khabar
स्थानिय

ठोरी गाउँपालिकाको १४ औं अधिवेशन सम्पन्नः विकास र सुशासनका लागि जनप्रतिनिधिको प्रतिबद्धता

प्रमोद यादव
पर्सा,१८ पुसःपर्साको ठोरी गाउँपालिकाको गाँउसभाको १४ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विकको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सहभागी गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले गाउँपालिकाको चौतर्फी विकाससंगै सुशासन कायम गर्न आँफुहरु कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।

गाँउपालिका श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको बलियो समन्वयले मात्रै ठोरीको समृद्धि सम्भव भएको बताए। उनले सुशासन र पारदर्शी सेवा प्रवाह आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।गाँउपालिका उपाध्यक्ष गोकुली रेग्मीले महिला, बालबालिका र लक्षित वर्गका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको विकासमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिइन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले ठोरी गाउँपालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरूको चर्चा गर्दै आगामी योजना र प्रशासनीक कार्यलाई चुस्त बनाउने बताए।वडा अध्यक्षहरु अमृतकृष्ण सापकोटा, अष्टबहादुर लोप्चन र कार्यपालिका सदस्य फुलमाया दर्जीले स्थानीय विकासका योजनाहरूलाई समयमै सम्पन्न गर्ने र जनताका समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

अधिवेशनबाट सेवा प्रवाहलाई थप सुदृढ, सरल र जनमुखी बनाउने संकल्प गर्दै विकासका योजनाः अधुरा योजनाहरूलाई पूर्णता दिने र आगामी दिनका लागि महत्वपूर्ण विकासका दिशानिर्देशहरू तय गर्नुका साथै गाउँपालिकाको विकास र प्रशासनिक सुधारका लागि पेश गरिएका विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।

 

Related posts

वीरगन्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालको सरुवा

MadhesKhabar

शौचालयको फोहोर सोझै नालामा खसाउने होटललाई वीरगन्ज महानगरले तिरायो २५ हजार जरिबाना

MadhesKhabar

“मेरो पिडाभन्दा जनताको पिडा ठुलो”— काँग्रेस नेता अजय चौरसिया

MadhesKhabar

Leave a Comment