वीरगन्ज ,२५माघ :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले पार्टी बिरुद्धकाे गतिविधिमा लागेको भन्दै जिल्लाका ४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
पर्सा जिल्लामा समानान्तर तदर्थ समिति संचालन गरेको आरोपमा राप्रपाका नेता शम्भु प्रसाद चौरसिया, बिश्वनाथ साह तेली, बाबुलाल शर्मा र पृथ्वी प्रसाद धिमिरे भनिने शम्भु प्रसाद घिमिरेलाई पार्टीबाट निष्काशन गर्ने गरि कारबाही गरिएको राप्रपाका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बताएकन छन् ।
जिल्ला अध्यक्ष उपाध्यायले बुधबार एक विज्ञप्ति जारी गर्दै ती ४ जनाले पार्टीको हित विपरितका गतिविधि गरेर पार्टीलाई कमजोर बनाउने काम गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको जनाएका छन् ।
उनीहरुले माघ २९ गते कार्यकर्ता भेला बोलाईएको भनि केहि संचारमाध्यममा आएको खबर पूर्णरुपमा निराधार रहेकोले कुनै किसिमको भेला तथा बैठक सहभागी नहुन नेता कार्यकतालाई जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जारी गरेको प्रेस बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

