Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा प्रहरी सबइन्स्पेक्टरले गाेली हानी स्वास्थ्य मन्त्रीकाे हत्या गरे

काठमाडौं ,१६ माघ : भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए ।

उपचारका लागि अस्पताल पुर्‍याए पनि उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।साभार:कान्तिपुर

Related posts

नाइजेरियाको चर्चमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

MadhesKhabar

भाजपाकाे चुनावी घाेषणापत्र सार्वजनिक : ३ कराेड गरिबलाई पक्की घर बनाई दिने वाचा

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment