Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा प्रहरी सबइन्स्पेक्टरले गाेली हानी स्वास्थ्य मन्त्रीकाे हत्या गरे

काठमाडौं ,१६ माघ : भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए ।

उपचारका लागि अस्पताल पुर्‍याए पनि उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।साभार:कान्तिपुर

Related posts

सिक्किमको टिस्टा नदीमा अचानक आएको बाढीमा परेर २३ जना सैनिक बेपत्ता

MadhesKhabar

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया र मन्त्री जैनले दिए राजीनामा

MadhesKhabar

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

MadhesKhabar

Leave a Comment