Madhes Khabar
राजनीति

उपसभामुखमा रानामगर र यादवको उम्मेदवारी

काठमाडौं, ०६ माघ : प्रतिनिधि सभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ। उपसभामुखमा सत्ता साझेदार दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसको तर्फबाट मुक्ता यादवको उम्मेदवारी परेको हो।

रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवले कांग्रेसका बद्री पाण्डेको प्रस्ताव र लोसपाका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीको समर्थनमा यादव उपसभामुखको उम्मेदवार बनेकी हुन्।

सत्ता गठबन्धनकी उम्मेदवार रानामगर , झापाकी सांसद् हुनु अघि सामाजिक अभियन्ताका रुपमा कार्यरत थिइन्। रानाको संस्थाले बालगृह, विद्यालय, दिवा हेरचाह केन्द्र सञ्चालन गर्दै आएको छ। रानामगरलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

कांग्रेसतर्फबाट उम्मेदवार यादव समानुपातिक सांसद् हुन्। उनी २०७० मा संविधान सभामा सदस्य थिइन्। उनी २०७४ मा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य बनेकी थिइन् । यादव पार्टीको १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन्।

सत्ता साझेदार दलमा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टी छन् । कांग्रेसलाई एकीकृत समाजवादी लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

उपसभामुखमा रानामगरलाई सत्ता साझेदार दलको साथ रहेकाले उनले जित्ने सम्भावना छ।

मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन्। साभार : अन्नपूर्णपोष्ट

Related posts

फागुन २१ को चुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

MadhesKhabar

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

MadhesKhabar

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चाैरसिया

MadhesKhabar

Leave a Comment