Madhes Khabar
शिक्षा हेडलाइन

पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित

मधेसखबर
वीरगन्ज,०५माघ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरीयामा रहेको राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विधालयमा शिक्षकको अभाव हुदा विधार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

१८९ जना विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विधालयमा बालविकासका १ र अन्य दुइ गरि तीन जनामा मात्र शिक्षक शिक्षिका कार्यरत छन् । पाँच कक्षा सम्मको पठनपाठन हुने विद्यालयमा तीन जना मात्र शिक्षक शिक्षिका कार्यरत भएका कारण विधार्थीहरुको पठनपाठनमा असर परिरहेको अभिभावकहरुको गुनासो छ ।

शैक्षिक सत्र शुरु भएको १० महिना बित्न लाग्दा समेत शिक्षकको कमीले पठनपाठनमा असर पर्दाा विधार्थीहरुको भविष्यसंग खेलवाड गर्ने काम भइरहेको अभिभावकहरुले बताएका छन् ।

विधार्थी र कक्षाको संख्याको अनुपातमा शिक्षकको संख्या नहुदा बालबालिकाहरुको शैक्षिक गुणस्तरमा नै प्रभाव परेको शिक्षिका रोबैदा खातुनले पनि स्वीकारेकी छन् । विधालयमा थप ३ जना शिक्षक आवश्यक रहेको भन्दै उनले आवश्यक शिक्षकको पदपूर्तीका लागि नगरपालिकाको कार्यालयमा पटक पटक माग गरेको भएपनि सुनुवाइ नभएको खातुनले गुनासो गरिन् ।

Related posts

लामखुट्टेको प्रकोप बढेपछि फाल्गुन २४ देखि विषादी छर्ने वीरगन्ज महानगरको तयारी

MadhesKhabar

वीरगन्जवासीको चाहना मधेस सरकारले पुरा गरयो : वनमन्त्री प्रदीप यादव

MadhesKhabar

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

MadhesKhabar

Leave a Comment