Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

मधेसखबर
वीरगन्ज ,१५ पुस : लाेकतान्त्रीक समाजवादी पार्टी (लाेसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले मधेस प्रदेश सरकार असफल भएकाे आराेप लगाएका छन् ।तर मधेसकाे प्रदेशसभा भने सफल उनकाे भनाइ छ ।

शुक्रबार प्रदेश सभा सदस्यकाे शपथ लिएपछि जनकपुरका सन्चारकर्मीसंग कुरा गर्दै साेनलले पहिलाे पाँच वर्षको कार्यकालमा प्रदेशसभा सफल भएपनि प्रदेश सरकार भने असफल भएकाे टिप्पणी गरे ।

उनले भने, खासगरि पछिल्लो दुई वर्ष यता प्रदेशकाे समृद्धि , सुशासन लगायतका काममा प्रदेश सरकार असफल भएकाे छ ।तर मधेसकाे पहिचान, संघीयता स्थापित गर्ने लगायतका काम गरेर प्रदेशसभा भने सफल भएकाे उनले बताए।

प्रदेशका पूर्व मन्त्री समेत रहेका साेनलले स्वशासन भएमात्र सुशासन हुने भएकाले आफुहरुकाे पहिलाे प्राथमिकता स्वशासन भएकाेले आफुहरु स्वशासनका लागि संघर्षरत रहेकाे बताए ।उनले भने, स्वशासन भयाे भने सुशासन आफै हुन्छ, सुशासन भयाे भने समृद्धि पक्कै पनि हासिल हुन्छ ।

Related posts

मुर्ति सेलाउने क्रममा दुई समुदायबिच झडप भएपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहमा कैदीबन्दीलाई धम्क्यार १० लाख बढी रकम असुल्ने चाैकीदार गुप्ता पक्राउ

MadhesKhabar

धार्मिक सम्पदा जोगाउदै वीरगन्ज महानगर : पिपराको पशुपतिनाथ मन्दिरमा महाआरती

MadhesKhabar

Leave a Comment