Madhes Khabar
राजनीति

जनमत पार्टीले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

खानेपानी मन्त्री अब्दुल खान

काठमाडौं, ०३ माघ : मन्त्रालय भागबण्डामा सिके राउत नेतृत्वको जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।

खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।

पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले बताए ।‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’

प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । तर उक्त मन्त्रालय भने एमालेको भागमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा जनमतका नेता खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।साभारः अनलाइनखबर

Related posts

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न सांसद यादवकाे माग

MadhesKhabar

पोखरिया–९ का विभिन्न टोलमा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान

MadhesKhabar

कांग्रेस संस्थापन पक्षले स्थगन गर्‍यो विशेष महाधिवेशनलाई ’काउन्टर’ दिने दुवै भेला

MadhesKhabar

Leave a Comment