Madhes Khabar
राजनीति

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न सांसद यादवकाे माग

काठमाडौं,१८फाल्गुन:जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो । जुन स्वागत योग्य नै थियो,’ उनले भनेका छन्, ‘तर, अहिले पनि यो कतै चलिरहेको छ । केही सेवा इन्टरनेट प्रदायकले टेरेका छैनन् । यसमा सरकारले सक्दो कारबाही गर्नुपर्‍यो ।’

सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले सरकारले बन्द गरेको भन्दै उनले बन्द गर्ने सरकारकाे निर्णयको बचाउ गरे ।

टिकटक पूर्णत बन्द गर्न आग्रह गर्दै उनले अटेर गर्नेलाई कारबाही गर्न माग गरे ।

Related posts

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

MadhesKhabar

पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष

MadhesKhabar

सिम्रौनगढमा काँग्रेसको विरासत ढल्यो , मेयर उपमेयर दुवैमा लोसपा विजयी

MadhesKhabar

Leave a Comment